आज १९ लाख ६५ हजार डोज मोडर्ना खोप आउँदै

काठमाडौँ, २६ मंसिर । नेपालले आज कोभिडविरुद्धको अमेरिकी खोप मोडर्नाको १९ लाख ६५ हजार ६०० डोज प्राप्त गर्दैछ । कोभ्याक्स सुविधा अन्तरगत तेस्रो खेपमा यो परिमाणको खोप आउन लागेको हो ।

यसअघि अघिल्लो साता १ लाख ८८ हजार डोज र गत शुक्रबार १४ लाख ९८ हजार ६०० डोज मोडर्ना खोप आइसकेको छ ।

यो खोप सरकारले उक्त खोप १२ देखि १७ वर्षसम्मका बालबालिकालाई ४ पुस देखि लगाउने योजना बनाएको छ । यसअघि फाइजर खोप सञ्चालन गरेका १९ जिल्ला छाडेर बाँकी ५८ जिल्लामा मोडर्ना खोप दिने योजना रहेको स्वास्थ्य सेवा विभाग खोप शाखा प्रमुख सागर दाहालले बताए ।

मोडर्ना खोप लगाउनका लागि विद्यालयमा खोप केन्द्र तोकिएको समेत उनले जानकारी दिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *