चौबिस घण्टामा थप २५९ जनामा कोरोना संक्रमण, ३३७ जना संक्रमणमुक्त

काठमाडौँ, २४ मंसिर । पछिल्लो चौबिस घण्टामा देशभर २५१ जना कोरोना संक्रमित थपिएका छन् । यही अवधिमा थप ३३७ जना संक्रमणमुक्त भएका छन् । आज थप ३ जना संक्रमितको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज जारी गरेको बिबरण अनुसार ६ हजार ४७२ जनाको पीसीआर बिधीबाट परीक्षण गर्दा २३२ र ४ हजार १५ जनाको एन्टीजेन बिधिबाट परीक्षण गर्दा २७ जनाको गरी कुल १० हजार ४८७ परीक्षण गर्दा २५९ जनाको पोजेटिभ आएको हो ।

त्यस्तै काठमाडौँ उपत्यकाका तीन जिल्ला मध्ये काठमाडौँमा ७९, भक्तपुरमा ७ र ललितपुरमा ४२ जना गरी उपत्यकामा १२८ जना थपिएका छन् ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ५ हजार ९९७ रहेका छन् । आइसीयूमा ११५ जना भेन्टीलेटरमा ३१ जना संक्रमति उपचाररत रहेको मन्त्रालयले जनाएको छ ।

त्यसैगरी आज थप ३ लाख २९ हजार ३२१ जनाले कोरोना खोप लागाएका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *