एमाले अध्यक्ष ओली अस्वस्थ

काठमाडौँ, २३ मंसिर। नेकपा (एमाले)अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएका छन्। रुघाखोकीसँगै ज्वरो आएपछि उनी बालकोटस्थित आफ्नै निवासमा आराम गरिरहेको उनको सचिवालयले जनाएको छ।

अध्यक्ष ओली आज  दिउसो तीनकुनेस्थित रोयल ब्यांक्वेटमा पत्रकारसँग छलफल गर्ने भनिएपनि अस्वस्थका कारण आउन सकेनन् ।
सचिवालयका अनुसार आज बिहानदेखि उनले कोहीसँग पनि भेटघाट गरेका छैनन्।


Leave a Reply

Your email address will not be published.