चौबिस घण्टामा थप २८० जनामा कोरोना संक्रमण, ३६६ जना संक्रमणमुक्त

काठमाडौँ, २२ मंसिर । पछिल्लो चौबिस घण्टामा देशभर २८० जना कोरोना संक्रमित थपिएका छन् । यही अवधिमा थप ३६६ जना संक्रमणमुक्त भएका छन् । आज थप २ जना संक्रमितको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार जारी गरेको बिबरण अनुसार ९ हजार १६८ जनाको पीसीआर बिधीबाट परीक्षण गर्दा २५५ र ३ हजार ६ जनाको एन्टीजेन बिधिबाट परीक्षण गर्दा २५ जनाको गरी कुल १२ हजार १७४ परीक्षण गर्दा २८० जनाको पोजेटिभ आएको हो ।

त्यस्तै काठमाडौँ उपत्यकाका तीन जिल्ला मध्ये काठमाडौँमा १ सय , भक्तपुरमा १५ र ललितपुरमा ३१ जना गरी उपत्यकामा १४६ जना थपिएका छन् ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ६ हजार २३९ रहेका छन् । आइसीयूमा १२८ जना भेन्टीलेटरमा २९ जना संक्रमति उपचाररत रहेको मन्त्रालयले जनाएको छ ।

त्यसैगरी आज थप २ लाख ८३ हजार १३२ जनाले कोरोना खोप लागाएका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *