चौबिस घण्टामा थप २६५ जनामा कोरोना संक्रमण, ३५७ जना संक्रमणमुक्त

काठमाडौँ, २० मंसिर । पछिल्लो चौबिस घण्टामा देशभर २६५ जना कोरोना संक्रमित थपिएका छन् । यही अवधिमा थप ३५७ जना संक्रमणमुक्त भएका छन् । आज थप २ जना संक्रमितको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज जारी गरेको बिबरण अनुसार ७ हजार ११४ जनाको पीसीआर बिधीबाट परीक्षण गर्दा २३८ र १ हजार ५०३ जनाको एन्टीजेन बिधिबाट परीक्षण गर्दा २७ जनाको गरी कुल ८ हजार ६१७ परीक्षण गर्दा २६५ जनाको पोजेटिभ आएको हो ।

त्यस्तै काठमाडौँ उपत्यकाका तीन जिल्ला मध्ये काठमाडौँमा ७९, भक्तपुरमा १० र ललितपुरमा २३ जना गरी उपत्यकामा ११२ जना थपिएका छन् ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ६ हजार ३८६ रहेका छन् । आइसीयूमा ११४ जना भेन्टीलेटरमा २२ जना संक्रमति उपचाररत रहेको मन्त्रालयले जनाएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *