भारतमा आइतबार थप १८ जनामा ओमिक्रोन, कुल संक्रमितको संख्या २२ पुग्यो

नयाँदिल्ली, २० मंसिर ।  भारतमा आइतबार थप १८ जनामा ओमिक्रोन भेरियन्ट भेटिएको छ । सरकारी अधिकारीहरुका अनुसार सबैभन्दा बढी अर्थात ९ जना राजस्थानमा भेटिएको छ ।

केही दिन अघि दक्षिण अफ्रिकाबाट फर्किएका एकै परिवारको ४ जना र उनको सम्पर्कमा आएका अरु ५ जनामा यो भेरियन्ट भेटिएको हो । यसअघि आइतबार नै पुणेमा एक जना र त्यहाँको छिमेकी जिल्ला पिपरामा ७ जनामा ओमिक्रोन भेटिएको थियो ।

यस्तै आइतबार नै दिल्लीमा एक जनामा यो भेरियन्ट भेटिएको थियो ।

यो संगै पाँच राज्यमा २२ जनामा ओमिक्रोन भेरियन्ट भेटिएको हो ।

अधिकारीहरुका अनुसार राजस्थानका संक्रमित परिवारका ४ सदस्य गत २५ नोभेम्बरमा दक्षिण अफ्रिकाबाट दुवई, मुम्बई हुँदै जयपुर पुगेका थिए । जयपुर आउनासाथ उनीहरुमा कोरोना पोजेटिभ देखिएको थियो । अधिकारीहरुले उनीहरुको नमूनाको जीन सिक्वेन्सिङका लागि पठाएका थिए । त्यसबाट उनीहरुमा नयाँ भेरियन्ट भएको पत्ता लागेको हो ।

नयाँ भेरियन्ट देखिएका परिवारका सदस्यहरुलाई राजस्थान स्वास्थ्य विज्ञान विश्वविद्यालयमा भर्ना गरिएको छ । उनीहरुमा बाबु आमा र उनका दुई बच्चाहरु रहेका छन् ।

यसैबीच भारतीय अधिकारीहरुले पछिल्लो अवस्थालाई आँकलन गर्दै अतिरिक्त डोज खोप लगाउने बारेमा छलफल अगाडी बढ्न सक्ने बताएका छन् । स्वास्थ्य मन्त्री मनसुख मन्डावियाले संसदलाई दिएको जानकारी अनुसार रोग प्रतिरोधी क्षमता कमजोर भएकाहरुलाई अतिरिक्त डोज दिने विषयमा विज्ञहरुसंग छलफल भइरहेको बताए ।

उनले बालबालिकाहरुलाई कोभिडविरुद्धको खोप दिने विषयमा पनि छलफल भएको जानकारी दिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *