चौबिस घण्टामा थप २६८ जनामा कोरोना संक्रमण, ५ जनाको मृत्यु

168
Shares


काठमाडौँ, १८ मंसिर । पछिल्लो चौबिस घण्टामा देशभर २६८ जना कोरोना संक्रमित थपिएका छन् । यही अवधिमा थप ३९२ जना संक्रमणमुक्त भएका छन् । आज थप ५ जना संक्रमितको मृत्यु भएको छ । हिजो भने मृतकको संख्या शून्य रहेको थियो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार जारी गरेको बिबरण अनुसार ५ हजार २९५ जनाको पीसीआर बिधीबाट परीक्षण गर्दा २२० र १ हजार ५०२ जनाको एन्टीजेन बिधिबाट परीक्षण गर्दा १८ जनाको गरी कुल ६ हजार ७९७ परीक्षण गर्दा २६८ जनाको पोजेटिभ आएको हो ।

त्यस्तै काठमाडौँ उपत्यकाका तीन जिल्ला मध्ये काठमाडौँमा ९७, भक्तपुरमा १० र ललितपुरमा ५१ जना गरी उपत्यकामा १५८ जना थपिएका छन् ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ६ हजार ७४४ रहेका छन् । आइसीयूमा १०६ जना भेन्टीलेटरमा ३२ जना संक्रमति उपचाररत रहेको मन्त्रालयले जनाएको छ ।

त्यसैगरी आज थप १ लाख ३० हजार ६८८ जनाले कोरोनाबिरुद्धको खोप लगाएका छन् ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *