हेली रेस्क्यू सेवामा नर्भिकको तिब्रता

काठमाडौं । थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलले अन्तराष्ट्रिय स्तरको हेली रेस्क्यूको सेवा प्रवाहमा तिब्रता दिएको छ । विशेषज्ञ चिकित्सकहरु सहितको अनुभवी स्वास्थ्यकर्मीहरुको टिम र भेन्टिलेटर तथा अत्याधुनिक उपकरणसहितको हेलिकोप्टरबाट बिरामीहरुको उद्दार(रेस्क्यू)को सेवा प्रवाहमा नर्भिक तिब्रता दिएको हो ।

गुणस्तरीय सेवाकै कारण पछिल्लो समय स्वदेशी र विदेशी बिरामीहरुको रोजाईमा नर्भिकको हेली रेस्क्यू सेवा पर्न थालेको अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्रले जानकारी दिएका छन् ।

नर्भिकले आफ्नो अस्पतालका लागि मात्र नभई बिरामीहरुको आवश्यकताअनुसार अरु अस्पतालका लागि पनि हेली रेस्क्यूको सेवा प्रवाह गरिरहेको उनले जानकारी दिए ।

‘कन्सलट्यान्ट डाक्टर, भेन्टिलेटर र अन्य अत्याधुनिक मेडिकल उपकरणसहितको हेली रेस्क्यूको अन्तर्राष्ट्रिय स्तरको सेवा नर्भिकले प्रवाह गरिरहेको छ । यसलाई हामी अझ आक्रामक रुपमा अगाडि बढाउने निर्णयमा पुगेका छौं ।’ उनले भने–‘आफ्नै हेलिप्याड नभए पनि गुणस्तरीय हेली रेस्क्यू सेवा प्रवाह गरेर हामीले समस्यामा परेका बिरामीहरुको सेवा गरिरहेका छौं । यो सेवालाई अझ आक्रामक रुपमा बिस्तार गर्दै लगिनेछ ।’

कोरोना भाइरस नियन्त्रणका लागि भएको लकडाउनको अवधिमा समेत नर्भिकले विभिन्न दुर्गम ठाउँबाट समस्यामा परेका सयौं गम्भीर बिरामीहरुलाई हेलीकोप्टरबाट उद्धार गरेको थियो ।

कन्सलट्यान्टसहितको उद्धार कार्यमा ध्यान दिएका कारण पछिल्लो समय नर्भिकको हेली रेस्क्यूको माग समेत ह्वात्तै बढेको मिश्र बताउँछन् ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *