मेडिकल काउन्सिल निर्वाचन अपडेट : २५०७ मत गणना गर्दा को अगाडी ?

काठमाडौँ, १२ मंसिर ।नेपाल मेडिकल काउन्सिलको शनिबार सम्पन्न निर्वाचनको मतगणना जारी छ । प्रज्ञाभवन कमलादीमा विहान ४ बजे देखि जारी मतगणनामा खसेको मतमध्ये अहिलेसम्म २ हजार ५ सय ७ मतको नतिजा सार्वजनिक गरिएको छ ।

जसमा पछिल्लो अपडेट अनुसार एक उपाध्यक्ष र ८ सदस्यका लागि भएको मतदानको मतगणनामध्ये उपाध्यक्षमा डा शिवजी पौडेलको अग्रता कायम छ। उनको १ हजार २५६ मत आएको छ। उनका प्रतिस्पर्धी डा प्रमोदकुमार यादवको ८०३ र डा रामपरिक्षण यादवको २७७ मत आएको छ।

सदस्यहरुमा सबैभन्दा बढी मत डा हुलास अग्रवाल १ हजार ४ सय १६ मल्याएर अग्रस्थानमा छन्। त्यसैगरी डा गुरुचरण साह १ हजार १५०, डा रोहीतकुमार मिश्रले ९ सय ४५, डा लवकुमार साहले ८ सय ७९ मत प्राप्त गरेका छन् । त्यस्तै डा कालुसिंह खत्रीले ९ सय ७२ मत र डा तोसीमा कार्कीको ९ सय ९८ मत आएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *