चौबिस घण्टामा थप १५८ जनामा कोरोना संक्रमण, ३४२ जना संक्रमणमुक्त

148
Shares

काठमाडौँ, १२ मंसिर । पछिल्लो चौबिस घण्टामा देशभर १५८ जना कोरोना संक्रमित थपिएका छन् । यही अवधिमा थप ३४२ जना संक्रमणमुक्त भएका छन् । आज थप २ जना संक्रमितको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार जारी गरेको बिबरण अनुसार ६ हजार ६०४ जनाको पीसीआर बिधीबाट परीक्षण गर्दा १५४ र २ हजार ३१४ जनाको एन्टीजेन बिधिबाट परीक्षण गर्दा ४ जनाको गरी कुल ८ हजार ९१८ परीक्षण गर्दा १५८ जनाको पोजेटिभ आएको हो ।

त्यस्तै काठमाडौँ उपत्यकाका तीन जिल्ला मध्ये काठमाडौँमा ४२, भक्तपुरमा ६ र ललितपुरमा १३ जना गरी उपत्यकामा ६१ जना थपिएका छन् ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ६ हजार ९६६ रहेका छन् । त्यसैगरी आइसीयूमा १७१ र भेन्टीलेटरमा ३३ जना संक्रमित उपचाररत रहेको मन्त्रालयले जनाएको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *