काउन्सिल निर्वाचन मतगणना : एक हजार मत गणना गर्दा को अगाडी ?

काठमाडौँ, १२ मंसिर ।  नेपाल मेडिकल काउन्सिलको निर्वाचन अन्तरगर्त आइतबार विहान ४ बजेबाट सुरु भएको मतगणनाको प्रारम्भि नतिजा आउन थालेको छ । अहिलेसम्म एक हजार मतको नतिजा आइसकेको छ ।

प्रारम्भिक नतिजामा उपाध्यक्ष पदमा थोरै मतले डा प्रमोदकुमार यादव अघि देखिएका छन् । डा यादवले एक हजार मत गणना हुँदा ४२४ मत ल्याएका छन्। उपाध्यक्षका अर्का उम्मेदवार डा शिवजी पौडेलले ४०१ र डा रामप्रकाश यादवले १२२ मत ल्याएका छन्।

यस्तै सदस्यहरुमा डा हुलास अग्रवाल सबैभन्दा अगाडि छन् । उनको ६४९ मत आएको छ। त्यसपछि क्रमश डा लवकुमार शाहको ४९६, डा रोहित कुमार मिश्रको ४९४, डा गुरुप्रसाद शाहको ४६०, डा कालुसिंह खत्रीको ३५७, डा तोसिमा कार्कीको ३५५, डा राजेशकुमार साहको २६०, डा अमित चतुर्वेदीको २४८, डा रिताकुमारी महासेठको २३० र डा कुन्जाङ शेर्पाको २२८ मत आएको छ।

यसअघि नेपाल प्रज्ञा प्रतिष्ठानको हलमा राती ११ बजेबाट मतपेटिका खोलेर मतपत्र मिलाउने कार्य सुरु भएको थियो । प्रमुख निर्वाचन अधिकृत डा गणेश राईका अनुसार मतपत्र मिलाएर विहान ४ बजेबाट मात्रै भोट गन्न थालिएको हो ।

उनले पाँच पाँच सयको दरले भोट गन्न थालिएको बताए । अहिले उपत्यका बाहिरको सबै मतदान केन्द्रको मतपत्र मिसाएर गणना गर्न थालिएको हो । एक उपाध्यक्ष र ८ जना सदस्य पदका लागि भएको निर्वाचनमा ९ हजार ३०० भोट खसेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *