चौबिस घण्टामा थप २१३ जनामा कोरोना संक्रमण, ३२५ जना संक्रमणमुक्त

116
Shares

काठमाडौँ, ११ मंसिर । पछिल्लो चौबिस घण्टामा देशभर २१३ जना कोरोना संक्रमित थपिएका छन् । यही अवधिमा थप ३२५ जना संक्रमणमुक्त भएका छन् । आज थप ३ जना संक्रमितको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार जारी गरेको बिबरण अनुसार ४ हजार ९०७ जनाको पीसीआर बिधीबाट परीक्षण गर्दा १९७ र १ हजार ७२५ जनाको एन्टीजेन बिधिबाट परीक्षण गर्दा १६ जनाको गरी कुल ६ हजार ६३२ परीक्षण गर्दा २१३ जनाको पोजेटिभ आएको हो ।

त्यस्तै काठमाडौँ उपत्यकाका तीन जिल्ला मध्ये काठमाडौँमा ९४, भक्तपुरमा ७ र ललितपुरमा २० जना गरी उपत्यकामा १२१ जना थपिएका छन् ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ७ हजार १५६ रहेका छन् । त्यसैगरी आइसीयूमा १७८ र भेन्टीलेटरमा ३० जना संक्रमित उपचाररत रहेको मन्त्रालयले जनाएको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *