दक्षिण अफ्रिकामा कोरोनाको हालसम्मकै खराब नयाँ भेरिएन्ट फेला

300
Shares

काठमाडौँ, १० मंसिर । दक्षिण अफ्रिकामा कोरोनाभाइरसको नयाँ भेरिएन्ट फेला परेको छ । त्यहाँका विज्ञहरुले दक्षिण अफ्रिकामा देखिएको नयाँ कोरोनो भाइरसको भेरियन्ट अहिलेसम्मकै खराब फेला परेको दाबी गरेका छन् ।

विज्ञहरका अनुसार दक्षिण अफ्रिकामा कोरोनाको नयाँ भेरिएन्ट देखा परेपछि बेलायती पर्यटकहरू धमाधम घर फर्किन थालेको बताइएको छ ।

‘बी.१.१.५२९’ नाम दिएर मंगलबार पुष्टि गरिएको उक्त नयाँ भेरिएन्ट धेरै संख्यामा उत्परिवर्तित भएको बताइएको छ । साथै, अहिले प्रयोगमा आएका कोरोनाविरुद्धका खोपहरू ती उत्परिवर्तित भाइरसविरुद्ध प्रभावकारी नहुनसक्ने पनि विज्ञहरुले दाबी गरेका  छन् ।

यसरी अहिलेको खोपले अहिलेको कोरोनाको नयाँ देखिएको भेरिएन्टमा प्रभावकारी काम गर्न नसक्ने भएपछि विज्ञहरुले चिन्ता व्यक्त गरेका छन् ।

हालसम्म कोरोनाको यो नयाँ भेरियन्ट बोत्सवाना, दक्षिण अफ्रिका र हङकङमा गरी ५९ जनामा देखिएको बताइएको छ ।

नयाँ भेरिएन्ट देखिएको अवस्था अहिले सुरुकै चरणमा रहेको र अहिलेसम्म धेरै बिरामीहरू दक्षिण अफ्रिकाको एउटा प्रान्तमा केन्द्रित रहेको बताइएको छ। तर यसको सङ्क्रमण थप क्षेत्रमा फैलिएका सङ्केतहरू देखिन थालेको बिज्ञहरुले बताएका छन् ।

बीबीसीको सहयोगमा

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *