चौबिस घण्टामा थप ३३२ जनामा कोरोना संक्रमण, ४ जनाको मृत्यु

76
Shares

काठमाडौँ, ८ मंसिर । पछिल्लो चौबिस घण्टामा देशभर ३३२ जना कोरोना संक्रमित थपिएका छन् । यही अवधिमा थप २३२ जना संक्रमणमुक्त भएका छन् । आज थप ४ जना संक्रमितको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज जारी गरेको बिबरण अनुसार ७ हजार ५९० जनाको पीसीआर बिधीबाट परीक्षण गर्दा ३०५ र २ हजार ३३० जनाको एन्टीजेन बिधिबाट परीक्षण गर्दा २७ जनाको गरी कुल ९ हजार ९२० परीक्षण गर्दा ३३२ जनाको पोजेटिभ आएको हो ।

त्यस्तै काठमाडौँ उपत्यकाका तीन जिल्ला मध्ये काठमाडौँमा १४४ , भक्तपुरमा ११ र ललितपुरमा २६ जना गरी उपत्यकामा १८१ जना थपिएका छन् ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ७ हजार ३६९ रहेका छन् । त्यसैगरी आइसीयूमा २०६ र भेन्टीलेटरमा ४० जना संक्रमित उपचाररत रहेको मन्त्रालयले जनाएको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *