पुसमा हुने चिकित्सक लाइसेन्स परीक्षाका लागि आवेदन फारम खुल्यो

2.2k
Shares

काठमाडौँ, ८ मंसिर । नेपाल मेडिकल काउन्सिलको ६१ औँ नाम दर्ता प्रमाणपत्र (लाइसेन्स) परीक्षा आगामी २२, २३ र २४ पुसमा हुने भएको छ । सो परीक्षामा सहभागी हुनका लागि काउन्सिलले आजैबाट चौविसै घण्टा अनलाइन फारम खुल्ला गरिएको जनाएको छ ।

काउन्सिल बुधबार सार्वजनिक गरेको सूचना अनुसार आज देखि ७ पुससम्म नियमित रुपमा र ८ र ९ पुसमा विलम्ब शुल्क तिरेर फारम भर्न सकिनेछ ।

परीक्षा इन्जिनियरिङ अध्ययन् संस्थान पुल्चोकमा हुने बताएको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *