चौबिस घण्टामा थप २३८ जनामा कोरोना संक्रमण, ३७० जना संक्रमणमुक्त


काठमाडौँ, ५ मंसिर । पछिल्लो चौबिस घण्टामा देशभर २३८ जना कोरोना संक्रमित थपिएका छन् । यही अवधिमा थप ३७० जना संक्रमणमुक्त भएका छन् । आज थप १ जना संक्रमितको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार जारी गरेको बिबरण अनुसार ७ हजार ८४५ जनाको पीसीआर बिधीबाट र १ हजार २७८ जनाको एन्टीजेन बिधिबाटगरी कुल ९ हजार १२३ जनाको नमुना परीक्षण भएको छ ।

जसमा पीसीआर बाट २३२ र एन्टीजेन बिधिबाट नमुना परीक्षण गर्दा ६ जना गरी आज कुल २३८ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै काठमाडौँ उपत्यकाका तीन जिल्ला मध्ये काठमाडौँमा ९८, भक्तपुरमा ८ र ललितपुरमा २४ जना गरी उपत्यकामा १३० जना थपिएका छन् ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ७ हजार १६४ रहेका छन् । त्यसैगरी आइसीयूमा २२७ र भेन्टीलेटरमा ५१ जना संक्रमित उपचाररत रहेको मन्त्रालयले जनाएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *