नेपाल स्वयंसेवी रक्तदाता समाज डोटी जिल्ला शाखा गठन

काठमाडौँ, २ मंसिर । नेपाल स्वयंसेवी रक्तदाता समाजको डोटी जिल्ला शाखा गठन भएको छ। दिपायल सिलगढी नगरपालिकाको आयोजित कार्यक्रममा रक्तदाता सुशिल घर्तीको अध्यक्षतामा स्वयंसेवी रक्तदाता समाज डोटी शाखा गठन भएको हो।

समाजका केन्द्रीय अध्यक्ष प्रेमसागर कर्माचार्यको प्रमुख आतिथ्यमा भएको उक्त भेलाले जिल्ला शाखाको उपाध्यक्षमा प्रशिस महरा, सचिवमा बिजयराज श्रेष्ठ, कोषाध्यक्षमा बिस्ना केसी र सदस्यहरूमा क्रमशः धर्मराज जोशी, नरेश मलासी, शेरबहादुर बोगटी, खेमराज गुरूङ, उत्तम खड्का, अभिषेक केसी, अमित अमात्य, रामचन्द्र भट्ट र प्रकाश केसी सर्वसम्मत चयन गरेको छ।

डोटेली समाज काठमाडौंका अध्यक्ष एवं नेपाल स्वयंसेवी रक्तदाता समाजका आजीवन सदस्य जगदीश केसीको सभापतित्वमा सञ्चालित उक्त कार्यक्रमको सञ्चालन लक्ष्मण मलासीले गरेका थिए।

साथै, डोटेली समाज काठमाडौंको विशेष संयोजनमा सगरमाथा हेल्थ फाउण्डेशन र हेल्थ फाउण्डेशन नेपालले प्रा। डा। दीपक महराको सभापतित्वमा निस्शुल्क दन्त शिविरको आयोजना समेत गरिएको थियो।

डोटीमा भयो प्रेमसागरको १६८ औं रक्तदान


यसैबीच समाजका केन्द्रीय अध्यक्ष एवं शतक रक्तदाता प्रेमसागर कर्माचार्यले डोटी पुगेर १६८ औँ पटक रक्तदान गरेका छन् ।

हरेक तीन तीन महिनामा रक्तदान गर्ने उनले जिल्ला शाखा गठन कार्यक्रममा दिपायलको सिलगडीमा आयोजित रक्तदान कार्यक्रममा १६८ औँ पटकको रक्तदान गरेका हुन् ।

सो अवसरमा उनलाई दिपायल सिलगुढी नगरपालिकाका, शैलेश्वरी विकास समाज लगायतले विशेष सम्मान गरेका थिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *