‘फार्मेसी असिस्टेन्ट’ र ‘डेन्टल हाइजिन’का नयाँ विद्यार्थीलाई केडीसीको ‘ओरिन्टेशन’

काठमाडौँ, २  मंसिर । बसुन्धरास्थित कान्तिपुर डेन्टल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टर (केडीसी)ले नयाँ शैक्षिक सत्रमा डिप्लोमा इन फार्मेसी (फार्मेसी असिस्टेन्ट) र सर्टिफिकेट इन डेन्टल साइन्स (डेन्टल हाइजिन) विषय अध्ययन गर्न भर्ना भएका विद्यार्थीहरुलाई अभिमुखिकरण (ओरिन्टेशन) कार्यक्रम आयोजना गरेको छ ।

बुधबार कलेजको सभा हलमा आयोजित कार्यक्रममा केडीसीका अध्यक्ष डा बुद्धिमान श्रेष्ठ, प्रिन्सिपल प्राडा रविन्द्रमान श्रेष्ठ लगायतले नयाँ विद्यार्थीहरुलाई प्राविधिक विषयको महत्व, कलेजको नियम तथा अनुसासन लगायतका विषयमा अभिमुखिकरण गरेका थिए ।

सो अवसरमा अध्यक्ष डा श्रेष्ठले डेन्टल हाइजिन र डिप्लोमा इन फार्मेसी विषयको महत्वको बारेमा प्रकाश पारेका थिए । उनले केडीसी यी दुबै विषयका लागि पायोनियर संस्थाको रुपमा परिचित भएको बताउँदै विद्यार्थीहरुलाई ढुक्क भएर आफ्नो अध्ययनलाई अघि बढाउन सुझाव दिए ।

प्रिन्सिपल प्राडा श्रेष्ठले केडीसीबाट यी दुई विषयबाट सयौँ विद्यार्थीले पासआउट गरी रोजगार तथा स्वरोजगारमा लागेको भन्दै नयाँ विद्यार्थीलाई आफू दक्ष बन्ने गरी अध्ययनमा लाग्न आग्रह गरे ।

डेन्टल हाइजिन र डिप्लोमा इन फार्मेसी विषय प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद सीटीईभीटीको कार्यक्रम हो । मध्यम तहको स्वास्थ्य जनशक्ति उत्पादन गर्ने योजनाका साथ सीटीईभीटीले सुरु गरेको यो कोर्षका लागि एसईई उत्तीर्ण गरेका विद्यार्थीहरुले अध्ययन गर्न सक्नेछन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *