चौबिस घण्टामा थप ३०६ जनामा कोरोना संक्रमण, ६ जनाको  मृत्यु

काठमाडौँ, २८ कात्तिक । पछिल्लो चौबिस घण्टामा देशभर ३०६ जना कोरोना संक्रमित थपिएका छन् । यही अवधिमा थप ३४८ जना संक्रमणमुक्त भएका छन् । आज थप ६ जना संक्रमितको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार  जारी गरेको बिबरण अनुसार ८ हजार ८ जनाको पीसीआर बिधीबाट र १हजार ५९८ जनाको एन्टीजेन बिधिबाटगरी कुल ९ हजार ६०६ जनाको नमुना परीक्षण भएको छ ।

जसमा पीसीआर बाट २९१ र एन्टीजेन बिधिबाट नमुना परीक्षण गर्दा १५ जना गरी आज कुल ३०६ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै काठमाडौँ उपत्यकाका तीन जिल्ला मध्ये काठमाडौँमा ७६, भक्तपुरमा ८ र ललितपुरमा २९ जना गरी उपत्यकामा ११३ जना थपिएका छन् ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ७ हजार २१५ रहेका छन् । त्यसैगरी आइसीयूमा २२२ र भेन्टीलेटरमा ६७ जना संक्रमित उपचाररत रहेको मन्त्रालयले जनाएको छ ।

त्यसैगरी ५ सय भन्दा बढी सक्रिय संक्रमित रहेको जिल्ला ललितपुर, २ सय भन्दा बढी सक्रिय संक्रमित रहेका जिल्ला मोरङ, सुनसरी, झापा, काठमाडौँ, भक्तपुर, कास्की, नवलपरासी पूर्व, रुपन्देही, बाँके र कैलाली गरी १० वटा छन् । भने मनाङ, हुम्ला र डोल्पामा सक्रिय संक्रमितको संख्या शून्य रहेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *