रक्तचाप बढेपछि प्रचण्ड मेडिसिटी अस्पतालमा भर्ना

504
Shares

काठमाडौँ, २७ कात्तिक । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अस्पताल भर्ना भएका छन् । उच्चरक्तचापको समस्या बढेपछि उनी शनिबार दिउसो भैसेपाटीस्थित नेपाल मेडिसिटी अस्पतालमा भर्ना भएका हुन् ।

यद्धपी उनको अवस्था अहिले सामान्यउन्मुख भएको छोरी गंगा दाहालले बताएकी छन् । गंगाले प्रचण्ड केही समय आराम गरी आजै डिस्चार्ज हुने समेत जानकारी दिईन ।

कर्णाली र पूर्वी पहाडी जिल्ला भोजपुरका विभिन्न कार्यक्रमहरुमा सक्रिय रहेका प्रचण्डलाई धपेडीका रक्तचाप बढेको हुनसक्ने परिवारले बताएको छ । अहिले केही आराम होस भनेर भर्ना गरिएको छ ।

केही घण्टाको आरामपछि चिकित्सकको सल्लाह अनुसार डिस्चार्ज गर्ने योजना छ । दाहालले भनिन् ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *