चौबिस घण्टामा थपिए ४४० जना संक्रमित, ४७४ जना डिस्चार्ज

188
Shares


काठमाडौँ, २४ कात्तिक । पछिल्लो चौबिस घण्टामा देशभर ४४० जना कोरोना संक्रमित थपिएका छन् । यही अवधिमा थप ४७४ जना संक्रमणमुक्त भएका छन् । आज थप ६ जना संक्रमितको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज जारी गरेको बिबरण अनुसार ५ हजार ४०७ जनाको पीसीआर बिधीबाट र १ हजार ४०७ जनाको एन्टीजेन बिधिबाटगरी कुल ६ हजार ८१४ जनाको नमुना परीक्षण भएको छ ।

जसमा पीसीआर बाट ३८७ र एन्टीजेन बिधिबाट नमुना परीक्षण गर्दा ५३ जना गरी आज कुल ४४० जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै काठमाडौँ उपत्यकाका तीन जिल्ला मध्ये काठमाडौँमा १५५, भक्तपुरमा १५ र ललितपुरमा ३२ जना गरी उपत्यकामा २०२ जना थपिएका छन् ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ७ हजार ५१९ रहेका छन् । त्यसैगरी आइसीयूमा १८९ र भेन्टीलेटरमा ५३ जना संक्रमित उपचाररत रहेको मन्त्रालयले जनाएको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *