मानसिक स्वास्थ्यबारे जनचेतना जगाउन मेडिकल एस्पायरेन्टस् लाइब्रेरीले गर्‍यो यस्तो काइदा

काठमाडौँ, २१ कात्तिक । मेडिकल शिक्षाका प्रवेश परीक्षाको तयारीमा रहेका विद्यार्थी हुन् वा मेडिकल शिक्षा पढ्दै गरेका विद्यार्थी हुन्, उनीहरुको जीवन विभिन्न तनावबाट गुज्रिरहेकै हुन्छ ।

नहोस पनि किन, पढाईको भार, परिवारको भारी अपेक्षा र तिर्नुपर्ने महंगो शुल्क उनीहरुको दिमागमा डेरा जमाएरै बसेको हुन्छ । यस्तो अवस्थाले उनीहरुलाई मानसिक रोगको समस्या हुने जोखिम रहन्छ ।

अनि प्राय विद्यार्थीहरुले मानसिक समस्याबारे ध्यान दिनु र यसले देखाएको लक्षणहरूलाई ख्याल गरेर चिकित्सक परामर्श लिन जानु समयको बर्बादी र पढाईमा असर हुने पनि सोच्ने गर्दछन् । तर बास्तविकता के हो भने मानसिक स्वास्थ्य समस्यालाई ध्यान नदिनु आफैमा एक ठुलो समस्या हो।

यसै सन्दर्भमा “स्टडी सुड बी फन (अध्ययन रमाइलो हुनुपर्छ!)“ नाराका साथ काम गरिरहेका मेडिकल एस्पायरेन्टस् लाइब्रेरीले विश्व मानसिक स्वास्थ्य दिन, २०२१ को अवसरमा एक महिनासम्म जनचेतनामुलक अनलाइन प्रतियोगिता आयोजना गरको छ ।

“मेन्टल हेल्थ म्याटर्स“को नारा दिइएको यस प्रतियोगिताको मुख्य उदेश्य मेडिकल प्रवेश परीक्षा र मेडिकल शिक्षा लिदै गरेका विद्यार्थी समूहलाई मानसिक स्वास्थ्य महत्वबारे जनचेतना दिनु थियो ।

७० जना सहभागी भएको उक्त प्रतियोगितामा वर्ग क मा मेडिकल शिक्षा हासिल गर्दै गरेका विद्यार्थी सरु घिमिरे (महाराजगन्ज मेडिकल कलेज),  वर्ग ख मा मेडिकल प्रवेश परीक्षाको तयारी गर्दै गरेका विद्यार्थी सृष्टि रोय चौधरी (नेसनल ईन्टरनेशनल कलेज) रहेकी छन् ।

यस्तै उत्कृष्ठ कन्टेन्ट तर्फ क वर्गमा मेडिकल शिक्षा हासिल गर्दै गरेका विद्यार्थी पुज विशुन्खे (मनमोहन मेमोरियल इन्स्टिच्युउट अफ हेल्थ साइन्स ) र ख बर्गमा मेडिकल शिक्षा प्रवेश परीक्षाका लागि तयारी गर्दै गरेका विद्यार्थी आलिया साहिन ( मोडेल मल्टिपल कलेज) का भएका छन् ।

प्रतियोगिताको निर्णायकमा मानसिक स्वास्थ्य क्षेत्रमा लामो समयदेखि काम गर्दै आएका अनुज भट्ट, सुनिका जोशी, सिता माया थिङ लामा र कृपा सिग्देल रहको आयोजकले जनाएको छ ।

प्रतियोगिता आयोजना गरी सम्पन्न गर्नमा प्रिन्स ठाकुर, शुभम श्रेष्ठ, सुरज साह, सागर पन्थी, कुशल मरहट्टा, नवराज गुप्ता लगायत सम्पूर्ण मेडिकल एस्पायरेन्टस् लाइब्रेरी टिमले महत्वपूर्ण भूमिका खेलेका थिए ।

यस्तै कार्यक्रमका लागि मेडिकल एस्पायरेन्टस् लाइब्रेरी टिमलाई “समिक्षा प्रकाशन, सोसाईटी अफ मेडिकल स्टुडेन्ट्स, टिम टार्गेट २०० र डाक्टरस् लाइब्रेरीले” साथ दिएको थियो । यसैगरी कार्यक्रमको डिजिटल पेमेन्ट पार्टनर “पर्भु पे वालेट” थियो र मेन्टल हेल्थ प्रमोसन पार्टनर “मनका कुरा“ र “मेन्टर्स् अनलाइन एजुकेसन” र “मेडिकोस इन्टर्नेस्नल” ले स्पोन्सर गरेको रहेको मेडिकल एस्पायरेन्टस् लाइब्रेरी टीमले बतायो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *