चौबिस घण्टामा थप १८३ जनामा कोरोना संक्रमण, २ जनाको मृत्यु

काठमाडौँ, १९ कात्तिक । पछिल्लो चौबिस घण्टामा देशभर १८३ जना कोरोना संक्रमित थपिएका छन् । यही अवधिमा थप ६४९ जना संक्रमणमुक्त भएका छन् । आज थप २ जना संक्रमितको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज जारी गरेको बिबरण अनुसार २ हजार ३०७ जनाको पीसीआर बिधीबाट र २ हजार ५३७ जनाको एन्टीजेन बिधिबाटगरी कुल ४ हजार ८४४ जनाको नमुना परीक्षण भएको छ ।
जसमा पीसीआर बाट १७४ र एन्टीजेन बिधिबाट नमुना परीक्षण गर्दा ९ जना गरी आज कुल १८३ जनामा संक्रमण पुष्टि भएको हो ।
हाल देशभर सक्रिय संक्रमितको संख्या ८ हजार ४१३ रहेका छन् । त्यसैगरी आइसीयूमा २ सय र भेन्टीलेटरमा ५५ जना संक्रमित उपचाररत रहेको मन्त्रालयले जनाएको छ ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



