लक्ष्मीपूजाको दिन थपिए ३५६ जना कोरोनाका नयाँ संक्रमित

काठमाडौँ, १८ कात्तिक । देश यतिवेला तिहारको रमाइलोमा डुविसकेको भएपनि कोरोनाले भने छोडेको अवस्था छैन । आज लक्ष्मीपूजाको दिन (बिहीबार) देशमा ३५६ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् । संक्रमणकै कारण दुई जनाले ज्यान गुमाएका छन् । ५१८ जना भने निको भइ डिस्चार्ज भएका छन् ।

स्वास्थ्य मन्त्रालयको विवरण अनुसार पछिल्लो चौविस घण्टामा ६ हजार ३८४ जनाको कोभिड १९ परीक्षण भएको थियो । त्यसमा ३ हजार २५९ जनाले पीसीआर र ३ हजार १२५ जनाले एन्टीजेन विधिबाट परीक्षण गराएका थिए । त्यसमध्ये ३८७ जना पीसीआर र ६९ जना एन्टीजेन विधिबाट पोजेटिभ देखिएका हुन् ।

मन्त्रालयले पछिल्लो चौविस घण्टामै ६४ हजार ३७२ जनाले कोभिडविरुद्धको खोप लिएको समेत जानकारी दिएको छ ।

यो संगै नेपालमा कुल जनसंख्या ३ करोड ३ लाख ७८ हजार ५५ जनामध्ये २८.८ प्रतिशतले कम्तीमा एक मात्रा र २४.५ प्रतिशतले पूर्ण मात्रा लगाएका छन् । लक्षित जनसंख्या १८ बर्ष माथिका १ करोड ९९ लाख २२ हजार १६४ जनामा गणना गर्दा १ डोज खोप लिनेको संख्या ४३.८ प्रतिशत र ३७.३ प्रतिशतले पूर्ण मात्रा खोप पाएका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *