बुधबार थप ४४७ जनामा कोरोना संक्रमण, ७ जनाको मृत्यु

136
Shares


काठमाडौँ, १७ कात्तिक । पछिल्लो चौबिस घण्टामा देशभर ४४७ जना कोरोना संक्रमित थपिएका छन् । यही अवधिमा थप ४३९ जना संक्रमणमुक्त भएका छन् । आज थप ७ जना संक्रमितको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रबक्ता डा कृष्ण पौडेलले दिएको जानकारी अनुसार ६ हजार ५७७ जनाको पीसीआर बिधीबाट र ३ हजार ३३६ जनाको एन्टीजेन बिधिबाटगरी कुल ९ हजार ९१३ जनाको नमुना परीक्षण भएको छ ।

जसमा पीसीआर बाट ३९५ र एन्टीजेन बिधिबाट नमुना परीक्षण गर्दा ५२ जना गरी आज कुल ४४७ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै काठमाडौँ उपत्यकाका तीन जिल्ला मध्ये काठमाडौँमा १३१, भक्तपुरमा १७ र ललितपुरमा २७ जना गरी उपत्यकामा १७५ जना थपिएका छन् ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ९ हजार १२३ रहेका छन् । त्यसैगरी आइसीयूमा २२३ र भेन्टीलेटरमा ५९ जना संक्रमित उपचाररत रहेको प्रबक्ता डा पौडेलले जानकारी गराए ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *