चीनले अनुदानमा दिने घोषणा गरेको थप १६ लाख डोज भेरोसेल भोलि आईपुग्दै

फाइल फोटो

काठमाडौँ, १७ कात्तिक । चीनले प्रधानमन्त्री शेरबहादुर देउवालाई ‘उपहार स्वरुप’ दिन लागेको १६ लाख डोज भेरोसेल खोप भोलि( बुधबार) विहान काठमाडौँ आईपुग्ने भएको छ । ‘उपहार’ लिन आज राती ११ बजे नेपाल एयरलायन्सको वाइड वडी विमानले चीनको राजधानी बेइजिङ प्रस्थान गर्दैछ ।

खोप लिएर विमान भोलि विहान साढे ९ बजे तिर आईपुग्छ होला । स्वास्थ्य सेवा विभाग आपूर्ति शाखाका प्रमुख उपेन्द्र ढुंगानाले बताए । खोप आईसकेपछि दिउसो नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले स्वास्थ्य मन्त्री विरोध खतिवडालाई उपहार स्वरुपको खोप हस्तान्तरण गर्नेछिन् ।

यसअघि चीनले शेरबहादुर देउवा प्रधानमन्त्री बनेपछि १६ लाख डोज खोप अनुदानमा दिने घोषणा गरेको थियो ।

नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले गत १ साउनमा प्रधानमन्त्री देउवालाई बधाई दिने क्रममा १६ लाख डोज खोप अनुदानमा दिने घोषणा गरेकी थिईन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *