चौबिस घण्टामा थप ५३३ जनामा कोरोना संक्रमण, ९ जनाको मृत्यु

काठमाडौँ, १५ कात्तिक । पछिल्लो चौबिस घण्टामा देशभर ५३३ जना कोरोना संक्रमित थपिएका छन् । यही अवधिमा थप ४९० जना संक्रमणमुक्त भएका छन् । आज थप ९ जना संक्रमितको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज जारी गरेको बिबरण अनुसार ७ हजार ४६८ जनाको पीसीआर बिधीबाट र ४ हजार १९६ जनाको एन्टीजेन बिधिबाटगरी कुल ११ हजार ६६४ जनाको नमुना परीक्षण भएको छ ।

जसमा पीसीआर बाट ४४१ र एन्टीजेन बिधिबाट नमुना परीक्षण गर्दा ९२ जना गरी आज कुल ५३३ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै काठमाडौँ उपत्यकाका तीन जिल्ला मध्ये काठमाडौँमा १६२, भक्तपुरमा १६ र ललितपुरमा ५० जना गरी उपत्यकामा २२८ जना थपिएका छन् ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ९ हजार ३१८ रहेको मन्त्रालयले जनाएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *