बालबालिकालाई छिट्टै कोरोना बिरुद्धको खोप दिइन्छ : मन्त्री रेग्मी


चितवन, १५ कात्तिक । महिला बालबालिका तथा ज्येष्ठनागरिकमन्त्री उमा रेग्मीले बालबालिकालाई छिटोभन्दा छिटो खोप दिने व्यवस्था गरिने बताएकी छिन् । आज पत्रकारसँग कुराकानी गर्दै उनले पाँच वर्षमाथिका बालबालिकालाई खोपको व्यवस्थापनमा सरकार लागेको बताएकी हुन् ।

उनले भनिन्, “विदेशमा यसको परीक्षण भइरहेको छ, परीक्षणको काम सम्पन्न भएसँगै फाइजर र मोडना नेपालमा पनि आउँछ ।” खोपको सुनिश्चितता भइसकेको जनाउँदै उनले अब छिट्टै खोप ल्याउनतर्फ सरकार लाग्ने बताईन् ।

कोरोना सङ्क्रमण बढ्न नदिन सबै सचेत हुनुपर्ने उल्लेख गर्दै उनले खोप नलगाएकाले थप सतर्क हुनुपर्नेमा जोड दिईन् । महिला, बालबालिका र ज्येष्ठ नागरिकको हितमा काम गर्ने विषयमा मन्त्रालयले योजना बनाउन थालिसकेको उनको भनाइ थियो ।

रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *