बालबालिकालाई छिट्टै कोरोना बिरुद्धको खोप दिइन्छ : मन्त्री रेग्मी

144
Shares


चितवन, १५ कात्तिक । महिला बालबालिका तथा ज्येष्ठनागरिकमन्त्री उमा रेग्मीले बालबालिकालाई छिटोभन्दा छिटो खोप दिने व्यवस्था गरिने बताएकी छिन् । आज पत्रकारसँग कुराकानी गर्दै उनले पाँच वर्षमाथिका बालबालिकालाई खोपको व्यवस्थापनमा सरकार लागेको बताएकी हुन् ।

उनले भनिन्, “विदेशमा यसको परीक्षण भइरहेको छ, परीक्षणको काम सम्पन्न भएसँगै फाइजर र मोडना नेपालमा पनि आउँछ ।” खोपको सुनिश्चितता भइसकेको जनाउँदै उनले अब छिट्टै खोप ल्याउनतर्फ सरकार लाग्ने बताईन् ।

कोरोना सङ्क्रमण बढ्न नदिन सबै सचेत हुनुपर्ने उल्लेख गर्दै उनले खोप नलगाएकाले थप सतर्क हुनुपर्नेमा जोड दिईन् । महिला, बालबालिका र ज्येष्ठ नागरिकको हितमा काम गर्ने विषयमा मन्त्रालयले योजना बनाउन थालिसकेको उनको भनाइ थियो ।

रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *