नेपाली ब्राण्ड ‘साथी’ सेनेटरी प्याड बजारमा

काठमाडौँ १४ कात्तिक ।सृजनशील महिला उद्यमी प्रालिले चार प्रकारका सेनेटरी प्याड बजारमा ल्याएको छ। अक्टोबर एक तारिख देखि “नारीको भरोसा साथी” भन्ने नाराका साथ उक्त प्याड अनौपचारिक रुपमा बजारमा वितरण गरिएको हो।

संक्रमणबाट बचाउने आवश्यक एन्सेफको समेत प्रयोग गरिएकोले यसलाई १० घण्टा सम्म नियमित प्रयोग गर्न सकिने प्रालिले जनाएको छ।

२४० एमएमको आठ पिसको रेगुलर साइजमा ६५ रुपैयाँ, २८० एमएमको यूटीएफ र सेफजेल भएको आठ पिस एक्ट्रा लार्ज ७५ रुपैयाँ, सानो प्याकमा २८० एमएमको यूटीएफ र सेफजेल भएको ७ पिस एक्ट्रा लार्जको ७५ तथा ३२० एमएमको डबल एक्ट्रालार्जको १३० रुपैया ग्राहक मूल्य तोकिएको सृजनशील महिला उद्यमी प्रालिकी प्रमुख प्रशासकीय अधिकृत प्रिया लामिछानेले जानकारी दिइन।

उनले अहिले बजारमा पाइने सामान र गुणस्तरका हिसाबले उपभोक्तालाई सस्तो मूल्य भएको पनि बताइन्।

नेपालीमा सबै जानकारी लेखेर निकालिएको पहिलो प्रोडक्ट भएको पनि लामिछानेले बताइन्। उनले भनिन् यो उत्पादन नेपाल सरकारको गुणस्तरीय मापदण्ड अनुसार बनाइको छ।

७ वर्ष अघि पाठेघरको मुखको क्यान्सरको जागरण गर्ने क्रममा मलाई हेल्थ र हाईजिन बारे गुणस्तरीय र सही तरिकाले प्रयोग गर्नेबारे जनचेतना दिने क्रममा यो क्षेत्रमा काम गर्न मन लागेको लामो प्रयास र उतार-चडावपछि गुणस्तरीय प्याड बजारमा ल्याउन सकेको लामिछानेले जानकारी दिइन्।

करीब ४ हजार महिला दिदीबहिनी तथा स्वास्थ्यकर्मीहरुलाई यसको गुणस्तरीता र सहि प्रयोगबारे विभिन्न अस्पताल तथा संघ संस्थामा पुग्र जानकारी समेत दिइसकेको उनले बताइन्।

उनको यो अवधारणा नेपाल २०१८ मा नेपाल सरकारले ११८० युवा उद्यमीहरुको बीचमा उत्कृष्ट ठहराई उभोग संचालन गर्न आवश्यक बजेट सहयोग गर्ने भने पनि विभिन्न प्रशासनिक अफ्ट्यारोले निर्माणको लागि छुट्टयाईएको रकम लिन भने नसकेको उनले दुखेसो पोखिन ।

नेपालमा अहिले यहि बनेका र आयातित गरी मासिक ५५ लाख सेनेटरी प्याड प्रयोग भैरहेको छ। मुलुकभर करीव ८५ वटा उद्योगले प्याड बनाइरहेका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *