क्षयरोग उन्मुलन प्रयासहरूलाई पुनः गति दिने दक्षिणपूर्वी एसियाली क्षेत्रका स्वास्थ्य मन्त्रीहरुको प्रतिबद्धता

- नेपाली हेल्थ

नयाँ दिल्ली । विश्व स्वास्थ्य संगठन दक्षिणपूर्वी एसिया क्षेत्रका देशका स्वास्थ्य मन्त्रीहरूले वर्तमान महामारीका कारण क्षयरोग उपचार सेवाहरूमा आएका गतिरोध र पहिले नै उच्च भार भएका क्षेत्रमा रोगका घटनामा भएका वृद्धिलाई ध्यानमा राख्दै क्षयरोग उन्मुलन प्रयासहरूलाई पुनः गति दिने प्रतिबद्धता जनाएका छन् ।

क्षयरोग प्रतिकार्यको पुनःथालनीका लागि उच्चस्तरीय बैठकलाई सम्बोधन गर्दै विश्व स्वास्थ्य संगठनका महानिर्देशक डा टेड्रोस अधानोमले भन्नुभयो, “क्षयरोग रोकथाम तथा उपचार गर्न सकिने रोग भए पनि यसले हरेक वर्ष १० लाखभन्दा बढी मानिसको ज्यान लिन्छ र तीमध्ये झन्डै आधा मृत्यु विश्व स्वास्थ्य संगठनको दक्षिणपूर्वी एसिया क्षेत्रमा हुने गर्छ । हामीले क्षयरोग उन्मूलनको प्रयासलाई तीव्र बनाउनै पर्छ ।”

बैठकको उद्घाटन गर्दै विश्व स्वास्थ्य संगठनको दक्षिणपूर्वी एसिया क्षेत्रकी क्षेत्रीय निर्देशक डा पूनम खेत्रपाल सिंहले भनिन्, “क्षयरोगको रोकथाम, निदान र उपचार सेवालाई विस्तार गर्न तत्काल कदम चाल्नु र विशेषगरी जोखिममा रहेका जनसङ्ख्यामा हुने कुपोषणलाई सम्बोधन गर्दै सामाजिक सुरक्षाका उपायहरूलाई बलियो बनाउनु आवश्यक छ ।”

मंगलबार भएको दिनभरको भर्चुअल बैठकमा स्वास्थ्य मन्त्रीहरूले आवश्यक कार्यक्रमहरू ठोस रूपमा कार्यान्वयन गर्दै यसलाई गति दिन ‘मन्त्रीस्तरीय प्रतिबद्धता पत्र’मा सर्वसम्मत हस्ताक्षर गरे । यस बैठकको आयोजना भारत, इन्डोनेसिया र नेपालका स्वास्थ्य मन्त्रालय र विश्व स्वास्थ्य संगठनको दक्षिणपूर्वी एसिया क्षेत्रीय कार्यालयले संयुक्त रूपमा गरेका हुन् ।

मन्त्रीहरूले उच्चतम राजनीतिक तहको नेतृत्वमा राष्ट्रिय कार्यक्रमहरूमार्फत क्षयरोग उन्मूलन गर्न बहुक्षेत्रीय र सम्पूणर् समाजलाई संलग्न गराउने पद्धति अपनाउने र लक्ष्यहरूलाई सूक्ष्मरूपमा अनुगमन गर्ने प्रतिवद्धता जनाएका छन् ।

उनीहरूले कोभिड(१९ को महामारीका बेला गुमाएको आधारमा फर्कन आवश्यक पर्ने अग्रिम लगानीलगायत बजेट र जनशक्ति विनियोजन वृद्धि गर्न सहमती जनाएका छन् । यस क्षेत्रमा क्षयरोगको उन्मूलन गर्न आवश्यक वृहत्तर कार्यक्रमहरू कार्यान्वयन गर्न वार्षिक ३ अर्ब डलर आवश्यक पर्ने अनुमान गरिएको छ ।

मन्त्रीस्तरीय प्रतिबद्धता पत्रमा अधिकारमूलक, लाञ्छनामुक्त, गुणस्तरीय र जनकेन्द्रित सेवाको उच्चतम मापदण्ड सुनिश्चित गर्न आह्वान गरिएको छ । यसले आप्रवासी, कैदी, बालबालिका, वृद्ध र क्षयरोग तथा एचआइभी दुवै संक्रमण भएका उच्च जोखिममा रहेका जनसङ्ख्या लगायत सबैका लागि रोकथाम, निदान, उपचार, पुनस्र्थापन र प्रशामकमूलक उपचार पहुँचयोग्य हुनुपर्छ भन्ने कुरामा जोड दिएको छ ।

प्रतिबद्धता पत्रमा सबै सम्भावित स्वास्थ्य केन्द्रहरूमा सेवाहरू सुदृढ गर्दै उपचारको पहुँच बढाउन र पहुँच नपुगेकाहरूसम्म पुग्न डिजिटल स्वास्थ्य र प्रविधिको प्रभावकारी प्रयोग जस्ता नवीन उपचार तथा सेवा पद्धतिहरू प्रयोग गर्न आह्वान गरिएको छ ।

स्वास्थ्य मन्त्रीहरूले क्षयरोग उपचार सेवासँगै सामाजिक र आर्थिक सुरक्षालाई मूलधारमा ल्याउन प्रतिबद्धता जाहेर गरेका छन् । गरिबी र कुपोषण क्षयरोगको सबैभन्दा ठूला कारकमा पर्दछन् । विज्ञप्तिमा भनिएको छ, कोभिड(१९ को युगमा बिरामी र परिवारका लागि देशको सन्दर्भमा अनुकूल सामाजिक आर्थिक सहयोगको व्यवस्था आवश्यक र बढी सान्दर्भिक हुन्छ ।

यसले क्षयरोगका बिरामी र तिनका परिवारलाई लक्षणहरू देखिने समयदेखि सफल उपचार पूरा नभएसम्म निदान गर्न र केही अवस्थामा उपचारभन्दा बाहिरको समस्यालाई सम्बोधन गर्न, ठूलो आर्थिक नोक्सान हटाउने लक्ष्य हासिल गर्न सामाजिक सहयोगको आह्वान गरेको छ ।

प्रबिद्धता पत्रले जनकेन्द्रित प्रतिकार्य सुनिश्चित गर्न त्यस्ता सहयोगको लागि गरिने योजना, अनुगमन, आयोजना र प्रबन्धमा समुदाय र नागरिक समाजका प्रतिनिधिहरूको सशक्तीकरण र संलग्नतामा जोड दिएको छ ।

क्षेत्रीय निर्देशकले भनिन्, “हामीले राजनीतिक र आर्थिक प्रतिबद्धतालाई परिचालन गर्न सँगै काम गरिरहँदा यस क्षेत्रका सबै देशहरूलाई द्रुत र सान्दर्भिक मार्गदर्शन र प्राविधिक सहयोग पनि जारी राख्नेछौं।”

डा। खेत्रपालले भनिन्, “सबैका लागि निष्पक्ष, स्वस्थ, स्वास्थ्यको सुरक्षा गर्ने र दिगो क्षेत्र एवम् विश्व निर्माणको लागि क्षयरोग उन्मूलन गर्ने हाम्रो प्रतिबद्धतालाई एकसाथ पुनःथालनी र पुनर्जीवित गरौं ।”

बैठकमा ग्लोबल फण्ड, स्टप टीबी पार्टनरसिप, जाइका, एसियाली विकास बैंक, विश्व बैंक, अमेरिकी दूतावासलगायत साझेदार निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

क्षयरोग र विश्व स्वास्थ्य संगठन दक्षिण-पूर्वी एशिया क्षेत्र 

क्षयरोग रोकथाम गर्न र निको पार्न सकिने रोग भए पनि यो विश्वमा धेरैको ज्यान लिने सङ्क्रामक रोग हो ।

विश्वको एक चौथाई जनसङ्ख्याको बसोबास रहेको विश्व स्वास्थ्य संगठनको दक्षिण(पूर्वी एसिया क्षेत्रले विश्वव्यापी क्षयरोग भारको ४३५ र औषधि प्रतिरोधी क्षयरोगको विश्वव्यापी भारको एक तिहाइ भार वहन गर्छ ।

तसर्थ, सन् २०१७ मा क्षेत्रीय निर्देशक डा पूनम क्षेत्रपाल सिंहले क्षेत्रीय प्राथमिकताको कार्यको रूपमा ‘क्षयरोग उन्मूलन गर्ने गतिशील प्रयासहरू’ घोषणा गरिन । उच्चस्तरीय बैठकमा स्वास्थ्य मन्त्रीहरू र विश्व स्वास्थ्य संगठनले यो रोग उन्मूलन गर्न थप स्रोतसाधन र कार्यलाई बढाउने प्रतिबद्धता जनाउँदै ‘कार्य आह्वान’पत्र ग्रहण गरे ।

सन् २०१८ मा यस क्षेत्रले सन् २०३० सम्ममा क्षयरोग उन्मूलनका प्रयासहरूलाई थप गति दिने र द्रुत एवम् ठोस प्रगति सुनिश्चित गर्ने आफ्नो प्रतिबद्धता पुनव्र्यक्त गरेको थियो ।

क्षयरोगको महामारीलाई न्यूनीकरण गर्न ठोस प्रयास र उच्चस्तरीय प्रतिबद्धताका साथ क्षयरोग प्रभावितको खोजी र उपचार गर्ने कार्यमा प्रगति हुँदै गयो । सन् २०१५ मा पत्ता लागेका क्षयरोगका बिरामीहरू २६ लाख रहेकोमा सन् २०१९ मा यो वृद्धि भएर ३६ लाख पुग्यो । फलस्वरूप, कुल उपचार पहुँच लगभग ३०५ ले बढेको छ । क्षयरोगका औषधि(संवेदनशील नयाँ बिरामीहरूमा उपचार सफलता २०१४ को ७९ प्रतिशतबाट बढेर सन् २०१८ मा ८४ प्रतिशत पुग्यो । बंगलादेश, म्यानमार र थाइल्याण्ड क्षयरोगबाट हुने मृत्युदर घटाउन २०२० क्षयरोग उन्मूलनको कोसेढुङ्गा हासिल गर्ने सही मार्गमा थिए भने म्यानमार क्षयरोगको घटनादर घटाउने कोसेढुङ्गा हासिल गर्ने मार्गमा समेत थियो ।

यद्यपि, हालको महामारीले स्वास्थ्य सेवाको पहुँचमा अवरोध ल्याएर र गरिबी तथा कुपोषण जस्ता सामाजिक कारकहरूलाई बढाएर प्रगतिलाई पछाडि धकेल्यो । सन् २०२० मा विश्वभर ४३ लाखभन्दा बढी क्षयरोग रोगीहरू देखा परेको अनुमान गरिएको छ र यसमा दक्षिणपूर्वी एसिया क्षेत्रले ४३५ हिस्सा ओगटेको छ ।

यस क्षेत्रले सन् २०२० मा १५ लाख क्षयरोग रोगीहरू गुमाएको छ र यसबाट हुने मृत्युदर सन् २०१५ को स्तरमा फर्किएकाृे छ । यो तथ्यले तत्काल कदम चाल्नुपर्ने र लगानी गर्नुपर्ने आवश्यकतालाई औंल्याउँछ । उपलब्ध तथ्याङ्कले ३० देखि ८० प्रतिशत क्षयरोगका रोगीहरूले कोभिड(१९ महामारी अघि नै ठूलो लागतहरू व्यहोर्नु परेको देखाउँछ । यस महामारीबाट सिर्जित आर्थिक दुष्प्रभावका कारण सामाजिक सुरक्षाको आवश्यकतालाई झनै टड्कारो बनाएको छ ।

 


Facebook Comment


थप समाचार