चौबिस घण्टामा थप ६७२ जनामा कोरोना संक्रमण, ८ जनाको मृत्यु

160
Shares

काठमाडौँ, १० कात्तिक । पछिल्लो चौबिस घण्टामा देशभर ६७२ जना कोरोना संक्रमित थपिएका छन् । यही अवधिमा थप ४९० जना संक्रमणमुक्त भएका छन् । आज थप ८जना संक्रमितको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार जारी गरेको बिबरण अनुसार ७ हजार १६७ जनाको पीसीआर बिधीबाट र २ हजार ३२८ जनाको एन्टीजेन बिधिबाट नमुना परीक्षण भएको छ ।

जसमा पीसीआर बाट ५८२ र एन्टीजेन बिधिबाट नमुना परीक्षण गर्दा ९० जना गरी आज कुल ६७२ जनामा संक्रमण पुष्टि भएको हो ।

आज काठमाडौँ उपत्यकाका तीन जिल्ला मध्ये काठमाडौँमा १३७ भक्तपुरमा १५ र ललितपुरमा ५० जना गरी उपत्यकामा २०२ जना थपिएका छन् ।

त्यस्तै हाल देशभर सक्रिय संक्रमितको संख्या १० हजार ३७५ रहेको मन्त्रालयले जनाएको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *