चीनबाट आज १० लाख २० हजार डोज भेरोसेल खोप आउँदै

232
Shares

काठमाडौँ, १० कात्तिक । चीनबाट आज १० लाख २० हजार डोज कोभिडविरुद्धको खोप भेरोसेल आउँदै छ । खोप बोकेको चाइना साउदर्न विमानको कार्गो फ्लाइट अहिले विहान सवा ९ बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गर्ने तालिका रहेको छ ।

यो खोप कोभ्याक्स कष्ट सेयरिङ अन्तरगर्त नेपाल सरकारले खरीद गरेको हो । स्वास्थ्य सेवा विभाग खोप शाखा प्रमुख सागर दाहालका अनुसार नेपालले कोभ्याक्स कष्ट सेयरिङ अन्तरगर्त चीनबाट ५९ लाख खोप खरीद गर्ने सम्झौँता गरेको छ । सोही सम्झौँताको पहिलो लट आज आउँदै गरेको हो ।

उनले कोभ्याक्स सुविधा अन्तरगर्त थुप्रै परिमाणमा खोप आएपनि कोभ्याक्स कष्ट सेयरिङ अन्तरगर्त आएको यो पहिलो लटको खोप भएको बताए ।

विभागका आपूर्ति व्यवस्था शाखाका प्रमुख उपेन्द्र ढुंगानाले आएको खोप टेकुस्थित खोप भण्डारण केन्द्रमा राखि आवश्यकता अनुसार वितरण गर्ने योजना रहेको बताए ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *