चौबिस घण्टामा थप ६६६ जनामा कोरोना संक्रमण, ११ जनाको मृत्यु

- नेपाली हेल्थ

काठमाडौँ, ९ कात्तिक । पछिल्लो चौबिस घण्टामा देशभर ६६६ जना कोरोना संक्रमित थपिएका छन् । यही अवधिमा थप ६२२ जना संक्रमणमुक्त भएका छन् । आज थप ११ जना संक्रमितको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार जारी गरेको बिबरण अनुसार ९ हजार ७७१ जनाको पीसीआर बिधीबाट र २ हजार २४९ जनाको एन्टीजेन बिधिबाट गरी कुल १२ हजार २० जनाको नमुना परीक्षण भएको छ ।

जसमा पीसीआर बाट ५६९र एन्टीजेन बिधिबाट नमुना परीक्षण गर्दा ९७ जना गरी आज कुल ६६६ जनामा संक्रमण पुष्टि भएको हो ।

आज काठमाडौँ उपत्यकाका तीन जिल्ला मध्ये काठमाडौँमा १७७ भक्तपुरमा २५ र ललितपुरमा ३३ जना गरी उपत्यकामा २३५ जना थपिएका छन् ।

त्यस्तै हाल देशभर सक्रिय संक्रमितको संख्या १० हजार ३९६ रहेको छ । त्यसैगरी सघन उपचार कक्षमा २५२ र भेन्टीलेटरमा ८० जना संक्रमित उपचाररत रहेको मन्त्रालयले जनाएको छ ।


Facebook Comment


थप समाचार