क्यान्सर पिडीत सलिना लिम्बुको उपचारका लागि जुट्यो २ लाख १० हजार

काठमाडौँ, ७ कात्तिक । पाठेघरको मुखको क्यान्सर पिडीत सलिना लिम्बुको उपचारका लागि २ लाख १० हजार बढी आर्थिक सहयोग जुटेको छ । हरिसिद्धिस्थित नेपाल क्यान्सर अस्पतालमा उपचार गराईरहेकी सलिनाको आर्थिक अवस्था कमजोर भएको र उपचारमा कठिनाई भएको खबर सार्वजनिक भएपछि सहयोगी व्यक्ति तथा संस्थाहरुले सहयोग उठाएका हुन् ।

एकल महिला समेत रहेकी सलिनाको उपचारका लागि टुमा पतङवाको संयोजनमा हङकङबाट ६२ हजार ८८८ रुपैयाँ उठेको छ । यस्तै रियल फ्रेन्ड ग्रुपले ५० हजार रुपैयाँ जुटाईदिएको छ ।

उता इलामबाट कविता राईको संयोजनमा थप ५० हजार रुपैयाँ उठेको छ । यस्तै टाँसी डोल्मा शेर्पा बेलायतबाट १८ हजार रुपैयाँ, शर्मिला याक्सो युकेबाट १० हजार रुपैयाँ, गुमानसिंह कुवेतबाट ११ हजार ३२८ रुपैयाँ र मन्दिरा पयाक साउदीबाट ८ हजार रुपैयाँ गरी कुल २ लाख १० हजार ४१६ रुपैयाँ उठेको हो ।

सहयोग रकम उठाएका व्यक्ति तथा संस्थाका प्रतिनिधिहरुले आइतबार हरिसिद्धि पुगेर सो रकम सलिनालाई नै हस्तान्तरण गरेको रियल फ्रेन्ड गु्रपका सुवोध न्यौपानेले बताए । सो अवसरमा विरामी सलिनाले सहयोगी दाताप्रति धन्यवाद व्यक्त गरिन ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *