प्रदेश नं १ मा कोरोना सङ्क्रमण न्यून

बिराटनगर, ३१ असोज । शनिबार प्रदेश नं १ मा दुई जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। शुक्रबार २१ जनामा सङ्क्रण देखिएको थियो।

प्रदेशमा शनिबार ५९ महिलासहित १३० जना कोरोना सङ्क्रमणमुक्त्त भएका छन्।

कोरोनाका कारण सो अवधिमा मोरङ, सुनसरी, झापा र इलामका एक÷एक जनाको मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार प्रदेशमा हालसम्ममा ७०६ महिलासहित दुई हजार ८८ जनाको मृत्यु भइसकेको छ।

सोही अवधिमा २६ जनाको पिसीआर परीक्षण गर्दा झापाको मेचीनगर र मोरङको केराबारीमा एक-एक जनाको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार हालसम्म प्रदेशमा पीसीआर परीक्षणबाट एक लाख पाँच हजार ६६१ र एन्टिजेन परीक्षणबाट ४३ हजार २८८ जनामा सङ्क्रमण पुष्टि भएको छ। प्रदेशमा हालसम्म पिसीआर र एन्टिजेन दुबै गरी छ लाख २२ हजार ९८८ जनाको कोरोना परीक्षण गरिएको मन्त्रालयले जनाएको छ।

रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *