एमाले निकट राष्ट्रिय स्वास्थ्यकर्मी संघका अध्यक्ष र उपाध्यक्ष नेकपा समाजवादीमा !

काठमाडौँ, ३० असोज । नेकपा एमाले निकट राष्ट्रिय स्वास्थ्यकर्मी संघका अध्यक्ष भक्तिमान सुब्बा र उपाध्यक्ष राधा सिलवाल नवगठित नेकपा एकीकृत समाजवादी पार्टीको पदाधिकारीमा जिम्मेवारी पाएका छन् ।

एकीकृत समाजवादीको गत ५ देखि ७ असोजसम्म चलेको केन्द्रीय कमिटी बैठक र २१ असोजको स्थायी कमिटी बैठकबाट उनीहरुलाई जिम्मेवारी दिइएको हो ।

एकीकृत समाजवादी पार्टीद्धारा गत २८ असोजमा जारी जारी अन्तरपार्टी निर्देशन २ मा राष्ट्रिय स्वास्थ्यकर्मी संघका अध्यक्ष भक्तिमान सुब्बालाई केन्द्रीय अनुशासन आयोगमा र उपाध्यक्ष सिलवाललाई बैकल्पिक केन्द्रीय सदस्यमा जिम्मेवारी दिइएको उल्लेख छ ।
यसैगरी पार्टीले स्वास्थ्य विभागको प्रमुखको जिम्मेवारी सचिव नागेन्द्र चौधरीलाई दिएको छ ।

एमाले निकट मानिने स्वास्थ्यकर्मी संघका पदाधिकारीहरुले यसअघि पार्टी विभाजन भएपनि स्वास्थ्यकर्मी संघ विभाजन नभएको बताउँदै आएका थिए ।

समाजवादीले स्वास्थ्यकर्मीहरुको छुट्टै संगठन बनाई नसकेको भएपनि मुख्य व्यक्तिहरुलाई आफ्नो पार्टीमा समेटन सफल भएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *