दशैँको दिन थपिए २७२ जना कोरोना संक्रमित, ७७७ जना संक्रमणमुक्त

काठमाडौँ, २९ असोज । दशैँको दिन देशभर २७२ जना कोरोना संक्रमित थपिएका छन् । यही अवधिमा थप ७७७ जना संक्रमणमुक्त भएका छन् । आज थप ८ जना संक्रमितको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज जारी गरेको बिबरण अनुसार २ हजार ९२ जनाको पीसीआर बिधीबाट र २ हजार ६२० जनाको एन्टीजेन बिधिबाट गरी कुल ४ हजार ७१२ जनाको नमुना परीक्षण भएको छ ।

जसमा पीसीआर बाट २४० र एन्टीजेन बिधिबाट नमुना परीक्षण गर्दा ३२ जना गरी आज कुल २७२ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै हाल देशभर सक्रिय संक्रमितको संख्या १३ हजार ३०८ रहेको छ । त्यसैगरी सघन उपचार कक्षमा ३०७ र भेन्टीलेटरमा १०१ जना संक्रमित उपचाररत रहेको मन्त्रालयले जनाएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *