बुधबार थप ३६५ जनामा कोरोना संक्रमण, ६०९ जना संक्रमणमुक्त

112
Shares

काठमाडौँ, २७ असोज। पछिल्लो चौबिस घण्टामा देशभर ३६५ जना कोरोना संक्रमित थपिएका छन् । यही अवधिमा थप ६०९ जना संक्रमणमुक्त भएका छन् । आज थप ४ जना संक्रमितको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार जारी गरेको बिबरण अनुसार ३ हजार ६७१ जनाको पीसीआर बिधीबाट र १ हजार ९२३ जनाको एन्टीजेन बिधिबाट गरी कुल ५ हजार ५९४ जनाको नमुना परीक्षण भएको छ ।

जसमा पीसीआर बाट ३२६ र एन्टीजेन बिधिबाट नमुना परीक्षण गर्दा ३९ जना गरी आज कुल ३६५ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै हाल देशभर सक्रिय संक्रमितको संख्या १४ हजार २६७ रहेको छ । त्यसैगरी सघन उपचार कक्षमा ३१५ र भेन्टीलेटरमा १०७ जना संक्रमित उपचाररत रहेको मन्त्रालयले जनाएको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *