थप ७६४ जनामा कोरोना संक्रमण, १०३३ जना संक्रमणमुक्त

120
Shares

काठमाडौँ, २२ असोज। पछिल्लो चौबिस घण्टामा देशभर ७६४ जना कोरोना संक्रमित थपिएका छन् । यही अवधिमा थप १ हजार ३३ जना संक्रमणमुक्त भएका छन् । आज थप १० जना संक्रमितको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार जारी गरेको बिबरण अनुसार ९ हजार ४६६ जनाको पीसीआर बिधीबाट र १ हजार २२२ जनाको एन्टीजेन बिधिबाट गरी कुल १० हजार ६८८ जनाको नमुना परीक्षण भएको छ ।

जसमा पीसीआर बाट ७१५ र एन्टीजेन बिधिबाट नमुना परीक्षण गर्दा ४९जना गरी आज कुल ७६४ जनामा संक्रमण पुष्टि भएको हो ।

जसमध्ये काठमाडौँमा २२९ भक्तपुरमा ३५ र ललितपरमा ६८ जना गरी काठमाडौँ उपत्यकामा ३३२ जना थपिएका छन् ।

यो संगै नेपालमा कुल ४२ लाख ७३ हजार ५३३ जनाको पीसीआर बिधिबाट नमुना परीक्षण भएकोमा ८ लाख ९९७ जनमा र ६ लाख ५ हजार ९३२ जनाको एन्टीजेन बिधिबाट नमुना परीक्षण गर्दा ९२ हजार ८३९ जनामा संक्रमण पुष्टि भएको छ ।

जसमध्ये ७ लाख ७४ हजार १७३ जना संक्रमणमुक्त भएका छन् । भने हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार २१० पुगेको छ ।

त्यस्तै हाल देशभर सक्रिय संक्रमितको संख्या १५ हजार ६१४ रहेको छ । त्यसैगरी सघन उपचार कक्षमा ३१३ र भेन्टीलेटरमा ११३ जना संक्रमित उपचाररत रहेको मन्त्रालयले जनाएको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *