केडीसी अस्पतालको अब आफ्नै फार्मेसी

काठमाडौँ, २१ असोज । बसुन्धरास्थित कान्तिपुर डेन्टल कलेज टिचिङ अस्पताल तथा केडीसी अस्पतालले आफ्नै फार्मेसी सञ्चालनमा ल्याएको छ । दशैंको अवसरमा घटस्थापनाको दिन पारेर अस्पतालले ‘केडीसी फार्मेसी’ सञ्चालनमा ल्याएको हो ।

‘फार्मेसी सुविधा त हामीकहाँ पहिले पनि थियो । तर अब भने आफ्नै लगानीमा फार्मेसी सञ्चालनमा ल्याएका छौँ । यसले बिरामी, तिनका आफन्त र आम सर्वसाधारणलाई थप सहज र सहुलियत प्रदान गर्नेछ,’ अस्पतालका अध्यक्ष डा बुद्धिमान श्रेष्ठले भने ।

उनले आफ्नो फार्मेसीमा गुणस्तरीय औषधि, सर्वसुलभ दरमा उपलव्ध गराउने बताए ।

अस्पतालमा मुख तथा दन्त सेवा साथै जनरल तर्फको उपचार पनि हुँदै आएको छ ।

यसैबीच अस्पतालले केडीसी अस्पताल हेथ्ल प्याकेज सञ्चालनमा ल्याएको छ । ती प्याकेजमा वेसिक हेल्थ चेकअप, बच्चाहरुको हेल्थ चेकअप प्याकेज, मधुमेह चेकअप प्याकेज, पुरुष तथा महिलाहरुको हेल्थ चेकअफ प्याकेज, जेष्ठ नागरिकको हेल्थ चेकअफ प्याकेज सञ्चालनमा ल्याएको हो ।

डा श्रेष्ठले केडीसीले चौविसै घण्टा आकस्मिक सेवा, मल्टीस्पेस्यालिटी सेवा, आइसीयू र अन्तरंग सेवा, प्याथोलोजी सेवा रहेको बताए । उनले १७ वेडको आइसीयू, पीसीआर सेवा, हाडजोर्नी तथा नसा रोग, इको, अल्टासाउन्ड, इन्डोस्कोपी सेवा समेत रहेको जानकारी दिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *