नेपाल डेन्टल एसोसिएशनको मकवानपुर शाखा गठन

- नेपाली हेल्थ

काठमाडौँ, २१ असोज । नेपाल डेन्टल एसोसिएशनले मकवानपुर शाखा गठन गरेको छ । गत ११ असोजमा बसेको भेलाले डा सरोज पुडासैनीको अध्यक्षतामा नयाँ कार्यसमिति गठन भएको हो ।

नव गठित समितिको उपाध्यक्षमा डा सुनिलकुमार साह, महासचिवमा डा मोहमद आरीफ करिम, कोषाध्यक्षमा डा पविता ढुंगाना र सहसचिवमा डा समिश थापा चयन भएका हुन् ।

यस्तै सदस्यहरुमा डा नेहा ढकाल, डा नरेश राय, डा तनिशा दाहाल र डा प्रेरणा अर्याल चयन भएका छन् ।

समितिको कार्यकाल दुई बर्षको हुनेछ ।


Facebook Comment


थप समाचार