चौबिस घण्टामा १०४३ जना कोरोना संक्रमित थपिए, १२ जनाको मृत्यु

काठमाडौँ, २० असोज। पछिल्लो चौबिस घण्टामा देशभर १ हजार ४३ जना कोरोना संक्रमित थपिएका छन् । थप ८९१ जना निको भई डिस्चार्ज भएका छन् । आज थप १२ जना संक्रमितको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह प्रवक्ता समिर अधिकारीले बुधबार दिएको जानकारी अनुसार ११ हजार १६५ जनाको पीसीआर बिधीबाट र ४ हजार ३ सय जनाको एन्टीजेन बिधिबाट गरी कुल १५ हजार ४६५ जनाको नमुना परीक्षण भएको छ ।

जसमा पीसीआर बाट ८९१  र एन्टीजेन बिधिबाट नमुना परीक्षण गर्दा १९४ जना गरी आज कुल १ हजार ४३ जनामा संक्रमण पुष्टि भएको हो ।

जसमध्ये काठमाडौँमा ३४४ भक्तपुरमा ३५ र ललितपरमा ६१ जना गरी काठमाडौँ उपत्यकामा ४४० जना थपिएका छन् ।

त्यस्तै हाल देशभर सक्रिय संक्रमितको संख्या १६ हजार १९४ रहेको छ । त्यसैगरी सघन उपचार कक्षमा ३३८ र भेन्टीलेटरमा ११५ जना संक्रमित उपचाररत रहेको सह प्रवक्ता अधिकारीले बताए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *