तपाईंलाई थाहा छ ? काठमाडौँ उपत्यकामा कोभिड पोजेटिभलाई एम्बुलेन्स नि:शुल्क छ नि

धेरैलाई थाहा नहुन सक्छ काठमाडौँ उपत्यकामा कोरोना पोजेटिभ भएका बिरामीहरु अस्पताल जानु परेमा एम्बुलेन्समा पैसा तिर्नु पर्दैन ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीका अनुसार नेपाल एम्बुलेन्स सर्भिसले सञ्चालन गरेको १०२ नम्बर वाला एम्बुलेन्सले कोभिड पोजेटिभ विरामी बोकेवापत पैसा लिन पाउँदैन् ।

किनभने त्यसमा लाग्ने भाडा बापतको खर्च काठमाडौँ महानगपालिकाले सोधभर्ना गरिदिने गरेको छ ।

त्यसैले यदि कोही कोभिड १९ पोजेटिभ हुनु भएको छ र अस्पताल जानु परेको छ भने १०२ नम्बरमा फोन गर्नुहोस् र निशुल्क सेवा लिनुहोस ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *