तपाईंलाई थाहा छ ? काठमाडौँ उपत्यकामा कोभिड पोजेटिभलाई एम्बुलेन्स नि:शुल्क छ नि

धेरैलाई थाहा नहुन सक्छ काठमाडौँ उपत्यकामा कोरोना पोजेटिभ भएका बिरामीहरु अस्पताल जानु परेमा एम्बुलेन्समा पैसा तिर्नु पर्दैन ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीका अनुसार नेपाल एम्बुलेन्स सर्भिसले सञ्चालन गरेको १०२ नम्बर वाला एम्बुलेन्सले कोभिड पोजेटिभ विरामी बोकेवापत पैसा लिन पाउँदैन् ।
किनभने त्यसमा लाग्ने भाडा बापतको खर्च काठमाडौँ महानगपालिकाले सोधभर्ना गरिदिने गरेको छ ।
त्यसैले यदि कोही कोभिड १९ पोजेटिभ हुनु भएको छ र अस्पताल जानु परेको छ भने १०२ नम्बरमा फोन गर्नुहोस् र निशुल्क सेवा लिनुहोस ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



