सेरमले भन्यो, ‘१० लाख डोज कोभिसिल्ड छिटै पठाउँदै छौं’

476
Shares

काठमाडौँ, १७ असोज । भारतको खोप निर्माता कम्पनी सेरम इन्स्टिच्युट अफ इन्डियाले नेपाललाई पठाउन बाँकी रहेको १० लाख डोज कोभिडविरुद्धको खोप कोभिसिल्ड छिटै पठाउने भएको छ । सेरमले केही दिन अघि स्वास्थ्य सेवा विभागलाई इमेल पठाउँदै यस्तो जानकारी दिएको हो ।

नेपालले गत ५ फागुनमा सेरसमसंग प्रति डोज ४ डलरका दरले २० लाख डोज खोप खरीद गर्ने सम्झौँता गरेको थियो । सम्झौँता अनुसार १० लाख डोज त्यसबेला नै आएपनि बाँकी १० लाख डोज आउन बाँकी थियो । भारतबाट समयमै खोप नआउँदा झण्डै पहिलो डोज लगाएका जेष्ठ नागरिक सहित झण्डै १३ लाख व्यक्तिले समयमै दोस्रो डोज लगाउनबाट बन्चित भएका थिए ।

‘अक्टोवरबाट खोप पैठारी गर्न सक्ने गरी भारतले यसअघि नै निर्णय गरिसकेको छ । अक्टोवर सुरु भइसक्यो । अब चाँही पक्कै छिटै नै आउने छ । किनभने हामीलाई सो को जानकारी इमेलमार्फत पनि पठाइसकेको छ,’ विभाग अन्तरगर्तको परिवार कल्याण महाशाखा खोप शाखा प्रमुख सागर दाहालले भने ।

सेरमबाट नेपालमा अहिलेसम्म अनुदानमा ११ लाख डोज, कोभ्याक्स सुविधा मार्फत आएको ३ लाख ४८ हजार र खरीद गरेको २० लाख मध्ये १० लाख गरी कुल २४ लाख ४८ हजार डोज कोभिसिल्ड खोप आएको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *