स्टाफ नर्स विनालाई सोधियो, ‘तपाईँलाई विभागीय कारवाही किन नगर्ने ?’

काठमाडौँ, १६ असोज । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराले स्टाफ नर्स (सहायक पाँचौं) विना सिग्देललाई विभागीय कारवाही गर्ने प्रक्रिया अघि बढाएको छ ।

लामो समय देखि विना सूचना विदा स्वीकृत नगराई अनुपस्थित रहेपछि प्रतिष्ठानले उनलाई कारवाही प्रक्रिया अघि बढाएको हो । स्थायी सेवामा कार्यरत स्टाफ नर्स सिग्देल १६ पुस २०७६ देखि अस्पतालमा अनुपस्थित रहेको अस्पतालको दावी छ ।

शनिबार प्रकाशित पछिल्लो सूचनामा नेपाल स्वास्थ्य सेवा ऐन २०५३ को दफा (७४) -१ ‘ज’ को कसुरमा सोही ऐनका दफा (७२) ख -१ बमोजिम भविस्यमा स्वास्थ्य सेवाको निमित्त अयोग्य नठहरिने गरी सेवाबाट हटाउने तर्फ सजाय गर्नु पर्ने देखिएकोले तपाईँलाई स्वास्थ्य सेवा सेवा ऐन २०५३ को दफा (७४) १ ‘ज”को कसुरमा विभागीय कारवाही किन नगर्ने ? गर्नु नपर्ने कुनै प्रमाण भए ३५ दिन भित्र पेश गर्नु भनिएको छ ।’

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *