लायन्स क्लबद्धारा रक्तदान

काठमाडौँ १६ असोज । अस्पतालमा रगतको अभाव हुन नदिन रक्तदान कार्यक्रमको आयोजना गरिएको छ । तीनवटा लायन्स क्लवको आयोजनामा शुक्रबार रक्तदान कार्यक्रम गरिएको हो ।

लायन्स क्लव अफ काठमाडौँ हाइट, आयन्स क्लव अफ ओखलढुङ्गा पोकली वाटरफल र लायन्स क्लव अफ काठमाडौँ ब्राभोको संयुक्त आयोजना गरेको कार्यक्रममा ५२ जनाले रक्तदान गरेका छन् ।

कार्यक्रममा लायन्स क्लब अफ इन्टरनेशनल ३२५ ए टुका डिस्ट्रिक गर्भनर केशव पाण्डेले रक्तदानले अरुको जिवन बचाउने भएकोले ठूलो भुमिका रहने बताए । रक्तदान महादान भएकोले रक्तदानका लागि सबैलाई प्रेरित गर्न सक्नुपर्ने बताए ।

पास्ट डिष्ट्रिक गर्भनर मधुकर पाण्डेले जिवनमरणको अवस्थामा पुगेको बिरामीलाई रक्तदान गर्नु महान काम भएको बताए ।
लायन्स क्वल जोन चियर पर्सन गुरु केदार बरालले कोभिड १९ को जोखिमका कारण अस्पतालहरुमा रगतको कमी भइरहेको थाहा पाएपछि मानव जीवन बचाउन रक्तदान कार्यक्रमको आयोजना गरेको जानकारी दिए ।

“रगतको अभावका विरामीको अकालमा ज्यान नजाओस र ज्यान बनाउन सकियोस भन्ने उद्देश्यका साथ रक्तदान कार्यक्रम आयोगजना गरिएको हो,” लायन्स क्वल जोन चियर पर्सन बरालले भने, “लायन्स क्लवले मानव सेवाका निम्ति काम गर्दै आएको छ, समयसमय रक्तदान कार्यक्रम गर्दै आएको छ ।”

कार्यक्रममा लायन्स क्लब अफ काठमाडौं हाइटका प्रेसिडेन्ट अनामिका अर्याल, लायन्स क्लब अफ पोकली वाटरफलका प्रेसिडेन्ट वर्षा राउत, र लायन्स क्लब अफ काठमाडौ ब्राभोका प्रसिडेन्ट आदर्श श्रेष्ठ, क्याविनेट सेक्रेटरी शिब कटुवाल, जिएमपि मनोज सापकोटा लगायतले रक्तदानबारे मन्तव्य व्यक्त गरेका थिए ।

सङ्कलन गरिएको रगत थापाथलीस्थित परोपकार प्रसूतिगृह अस्पतालमा पठाइएको छ ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *