चौबिस घण्टामा थप १०६६ जनामा कोरोना संक्रमण, ९३८ जना संक्रमणमुक्त

120
Shares

काठमाडौँ, १५ असोज । पछिल्लो चौबिस घण्टामा देशभर १ हजार ६६ जना कोरोना संक्रमित थपिएका छन् । यही अवधिमा थप ९३८ जना संक्रमणमुक्त भएका छन् । आज थप १३ जना संक्रमितको निधन भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार जारी गरेको बिबरण अनुसार १० हजार ११३ जनाको पीसीआर बिधीबाट र ३ हजार २५५ जनाको एन्टीजेन बिधिबाट गरी कुल १३ हजार ३६८ जनाको नमुना परीक्षण भएको छ ।

जसमा पीसीआर बाट ९९८ र एन्टीजेन बिधिबाट नमुना परीक्षण गर्दा १६८ जना गरी आज कुल १ हजार ६६ जनामा संक्रमण पुष्टि भएको हो ।

जसमध्ये काठमाडौँमा २६६ भक्तपुरमा ३१ र ललितपरमा ६२ जना गरी काठमाडौँ उपत्यकामा ३५९ जना थपिएका छन् ।

त्यस्तै हाल देशभर सक्रिय संक्रमितको संख्या १८ हजार ११५ रहेको छ । त्यसैगरी सघन उपचार कक्षमा ३५४ र भेन्टीलेटरमा ११६ जना संक्रमित उपचाररत रहेको मन्त्रालयले जनाएको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *