माओवादी नेता पुन स्वास्थ्य उपचारका लागि बैंकक प्रस्थान

काठमाडौँ, १४ असोज । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन स्वास्थ्य उपचारका लागि थाइल्याण्डको राजधानी बैंकक गएका छन् ।

उनी बुधबार बिहान ७ : ११ बजे हिमालय एयरलाइन्सको बिमानबाट बैंकक गएका हुन् ।

माओवादी केन्द्रीय कार्यालय इञ्चार्ज एवम् अर्थ विभाग प्रमुख पुनका प्रेस संयोजक दयानिधि भट्टका अनुसार बैककमा हिमालय एयरलाइन्सको कार्गो उडान भएको मौका छोपी नेता पुन सोही विमानमा त्यसतर्फ गएका हुन् ।

उनको साथमा पत्नी एवम् पूर्वसभामुख ओनसरी घर्ती पनि बैंकक गएकी छन् । पुनको उपचार बैंककको समितिभेज अस्पतालमा हुने छ ।

जण्डिसको वंशाणुगत समस्याबाट पिडीत पुनको चार बर्ष अघि पनि सोही अस्पतालमा उपचाररत थिए ।

पछिल्लो दुई साता यता भने उनी सुमेरु अस्पतालमा फलोअप गर्दै आएका थिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *